जापान पठाइदिन्छु भन्दै तीन जनाबाट १७ लाख ठगेको आरोपमा एक जना पक्राउ

9 October, 2023

जापान पठाइदिन्छु भन्दै तीन जनाबाट १७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

म्याग्दी रघुगंगा गाउँपालिका -१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ५८ वर्षीय दुर्गाबहादुर भट्टचन पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो तारकेश्वर डाडाँगाउँबाट पक्राउ गरेको हो।

उनीविरूद्ध पूर्ण विश्वर्कमासहित ३ जनाले वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै १७ लाख २५ हजार रूपैयाँ ठगी गरेको आरोपमा अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

भट्टचनलाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024