वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गर्ने दुई पक्राउ

13 September, 2023

वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका– २ घर भई हाल टोखा नगरपालिका– १० बस्ने २७ वर्षीया तुलसा वाग्ले अधिकारी तथा झापाको गौरादह नगरपालिका– ७ घर भई हाल काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– १ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

वाग्लेलाई खिमलाल बुढामगरसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको तथा पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै रु. १० लाख ८५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024