कुवेतमा २२ हजार महिला विना श्रम स्वीकृति घरेलु कामदारमा कार्यरत्

8 September, 2011

कुवेतमा करिब २२ हजार महिला विना श्रम स्वीकृति काम गरिरहेका छन्। उनीहरु तस्करीद्वारा त्यहाँ भित्रिएका जानकारी कुवेतस्थित नेपाली दूताबासले दिएको छ।

दूताबासका अनुसार यसरी तस्करमार्फत् तेस्रो मार्गबाट महिला कुवेत भित्रने क्रम अहिले पनि जारी छ।राजदूताबासद्वारा जारी विज्ञप्तिअनुसार कुवेतमा करिब ३३ हजार महिला घरेलु कामदारका रुपमा कार्यरत् छन्। जसमध्ये एक तिहाईमात्र वैधानिकरुपमा काम गरिरहेका छन्।

यसैबीच दूताबासले दिएको जानकारीअनुसार कुवेतमा काम गर्ने नेपालीको सङ्ख्या ६० हजार पुगेको छ। जसमध्ये ७ हजार जति लुकिछिपी काम गरिरहेका वा इराक पसेका अनुमान पनि दूताबासले गरेको छ। त्यसैगरी दूताबासको बीमा तथ्याङ्कमा भने १२ हजार नेपालीमात्र सूचीकृत छन्।

बेचबिखन र मानव तस्करीमा संलग्न गिरोहको जालो नेपालदेखि कुवेतसम्मै सक्रिय रहेको जनाउँदै दूताबासले विज्ञप्तिमा भनेको छ- यही कारण निम्नस्तरका कामदारमध्ये २५ प्रतिशत फोटो अर्कै राखेर वा नक्कली भिसा लिएर कुवेत आएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024