वैधानिक तवरमा कतारबाट नेपाली हाउसमेड माग

10 August, 2011

दिनेश रेग्मी

नेपाल सरकारले खाडी मुलुकमा घरेलु महिला कामदार (हाउसमेड) लाई काम गर्न खुला गरेपछि कतारबाट नेपाली हाउसमेड झिकाउन ३ वटा माग परेका छन् । हाउसमेड खुला भए पनि  भारतीय बाटो हुँदै गैह्र कानुनी तबरबाट खाडीमा भित्रिने क्रम नरोकिएको बेला वैधानिक तबरबाट कतार ल्याउन परेको पहिलो माग हो । कतारमा कार्यरत भारतीय पेशाकर्मीहरुले नेपाली हाउसमेड मगाउन सबै काजगात दुतावासबाट प्रमाणिकरणका लागि पेश गरेका छन् । अन्य देशको हाउसमेड ल्याउँदा भाषागत समस्या परेको र कामको खटाई र इमान्दारिताको कारण नेपाली हाउसमेड मगाउन लागेको उनीहरुले दुतावासमा बताएका थिए ।हाउसमेड मगाउने भारतीयहरुमा कतार पेट्रोलियमका सिनियर प्रशासनिक अधिकृत अब्दुल हादी हुसेन र अन्य दुई छुट्टाछुट्टै कंपनीमा कायरत ईन्जिनियर रभीदास सिन्देदास र ईन्जियिनर लबिन डी सिल्भा छन् । सिल्भा गोवा र हादी तथा सिन्देदास केराला निवासी हुन् ।उनीहरुले दुतावासले प्रस्ताव गरेर सरकारले स्वीकृत गरेको मापदण्ड अनुसार हाउसमेड झिकाउन कागजात पेश गरेका छन् । हाउसमेड झिकाउन दुतावासमा प्रमाणीकरणको लागि कतार लेबर डिपार्टमेण्टबाट स्वीकृत रोजगार करारनामा कामदार भीसा र पासपोर्ट कपी, विमा कागज, आफ्नो आईडी कपी, तलब सीटलगायतका कागजात पेश गरे ।नेपाल सरकारको मापदण्ड अनुसार कतारमा नेपाली हाउसमेड ल्याउनेले प्रति महिना तलव कम्तीमा १ हजार रियाल (करीव २० हजार रुपैया) दिनुपर्ने, उमेर ३० वर्ष माथीको हुनुपर्ने, नेपाली विमानस्थलबाट हाउसमेड ल्याउने पर्ने, २ लाख रियाल -करीव ४० लाख रुपैया)को विमा गर्नुपर्ने, दुतावासमा ४ हजार रियाल (करीव ८० हजार रुपैया) धरौटी राख्नुपर्ने नियम अनुसार उनीहरुले लेवर डिपार्टमेण्टबाट कागजपत्र स्वीकृत गराएका छन् ।रोजगारदाताको आम्दानी प्रति महिना १२ हजार रियाल (२ लाख ४० हजार) माथि हुनुपर्ने,  कतारी आइडीवाला गैरनेपाली हुनुपर्ने, दुताबास र घरपरिवारसँग नियमीत सम्र्पक गराउनुपर्ने, आतेजाते २ तर्फी हवाई टिकट दिनुपर्ने, वर्षमा २१ दिनको तलव बराबराको उपदान ग्राचिटी (उपदान) दिनुपर्ने, भीसा तथा सेवा शुल्क भनेर कुनै रुकम लिन नपाउने, आरामदायी बसाई व्यवस्था तथा खानाको निशुल्क व्यवस्था गर्नुपर्ने, विरामी हुँदा उपचारको व्यवस्था गर्नुपर्ने लगायत छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024