कोका–कोलाले वैदेशिक रोजगारीमा गएकालाई तिहार मनाउन नेपाल ल्यायो

21 October, 2022

तिहारको अवसर पारेर कोका–कोलाले चाडबाड मनाउन नेपालीहरूलाई घर फर्कने व्यवस्था गरेको छ। सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाले ११ वर्षदेखि वैदेशिक रोजगारमा रहेकी कान्छी माया तामाङलाई नेपाल ल्याएको हो। लामो समयपछि परिवारसँग दसैंं–तिहार मनाउन पाएकोमा खुशी व्यक्त गर्दै उनले कोकाकोला नेपाललाई धन्यवाद दिएकी छिन्। क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोलाले सम्बन्धहरूमा विश्वास गर्ने गरेको जनाउँँदै विदेसिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा भएका नेपालीहरूलाई घर आउने व्यवस्था गरेको बताए।

यस्तै उनले सम्बन्ध उत्सव स्वादसँग क्याम्पेनको मुख्य उद्देश्य उपभोक्ताहरूलाई चाडपर्वको समयमा मीठा–मीठा परिकारसँगै आफ्नो आफन्तहरूसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउन अभिप्रेरित गर्ने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024