‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नभए छुट्याइएको कोटा अरुलाई दिइन्छः भारतीय सेनाध्यक्ष

16 September, 2022

काठमाडौंः भारतीय सेनाध्यक्ष मनोज पाण्डेले ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नभए छुट्याइएको कोटा अरुलाई दिने बताएका छन् ।

पाण्डेले बुधबार भारतमा आयोजित एक कार्यक्रममा नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएका हुन् । टाइम्स अफ इण्डियाका अनुसार पाण्डेले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको उल्लेख छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले भने,‘भूपरिवेष्ठित देशले समयमै निर्णय नगरेमा भारतले आफ्नो नयाँ अग्निपथ योजना अन्तर्गत नेपालबाट सैनिक भर्ना गर्नका लागि रिक्त पदहरू फिर्ता लिन बाध्य हुन सक्छ । भारतीय सेनाले नेपाली युवा भर्ना गरेकोमा केही वर्गहरूले विरोध गरेकाले मंसिर २० गते हुने आमनिर्वाचनअघि नेपालले कुनै निर्णय गर्ने सम्भावना छैन । यो उनीहरू (नेपाल) ले लिने निर्णय हो ।’

भारत सरकारले गत जुन २४ मा अग्निपथ योजना सार्वजनिक गरेको थियो । भारतीय सेनाले देशभर भर्ना र छनोट प्रक्रियापछि दुईवटा ब्याचमा ४० हजार अग्निवीरलाई भर्ना गर्न लागेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024