कुवेतमा आममाफी पाएकामा आधी मात्रै घर फिर्ता

20 July, 2011

देबेन्द्र भट्टराई

गैरकानूनी हैसियत तथा कागजातहिन रुपमा कुवेतमा बसिरहेका नेपालीलाई त्यहाँको सरकारले चार महिनाको आममाफी(एम्नेष्टी) मौका दिंदा ३ हजार ६ सय ७५ जनाले ट्राभल-कडुमेन्ट लिएपनि यसमा झण्डै आधाजति मात्रै नेपाल फिरेका छन् ।

कुवेतस्थित राजदूत मधुवन पौडेलका अनुसार जारी ट्राभल-डकुमेन्टमध्ये २ हजार ३५ जनाले मात्रै कुवेत छाडेको तथ्यांक पाइएको छ । गैर कानूनी हैसियतमा रहेका मध्ये ४ सय ८७ जनाले कुवेत सरकारलाई जरिवाना शुल्क तिरेर आफ्नो बसाइलाई कानूनी हैसियत दिएका छन् भने कागजात लिएर पनि केही नेपाली भने अझै लुकेर बसेको पाइएको छ । कुवेत सरकारले उपब्लब्ध गराएको विवरणअनुसार १२ सय जना गैहृ कानूनी हैसियतका नेपाली कामदारहरुले कुवेत छाडेका छैनन् । गैर कानूनी हैसियतमा रहने अथवा एम्नेष्टी लिने नेपालीमा सबैभन्दा बढी हाउसमेडको संख्या छ ।

कुवेती कानूनअनुसार गैहृ कानूनी कामदार भन्नाले अध्यागमन कानून उल्लंघन गरेका वा भिषाको म्याद भएतापनि काम गरेका ठाउबाट भागेकालाई लिने गरिन्छ । राजदूत पौडेलका अनुसार हस्तलिखित नेपाली पासुपोर्ट पनि नवेम्भर, २०१५ सम्म मान्य हुने भएकाले कामदारहरु कीर्ते विवरण भएका वा फोटो परिवर्तन गराइ पासपोर्ट लिइ कुवेत छिर्ने क्रम अहिले पनि निरन्तर लिइ कुवेत छिर्ने क्रम अहिले पनि निरन्तर छ । यो कीर्ते कागजात जाँच गर्ने प्रविधि दुतावासमा नरहेकाले थप कठीनाइ झेल्नुपरेको राजदूतले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024