भिजिट भिसाले निम्त्याएको समस्या बुझ्न गृह मन्त्रालयले बनायो समिति

27 January, 2022

काठमाडौं, माघ १२ गते। नेपाली युवा भिजिट भिसा प्रयोग गरेर खाडी मुलुक पुगेपछि भइरहेको समस्याको विश्लेषण गर्दै गृह मन्त्रालयले अध्ययनका लागि समिति बनाएको छ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको उपस्थितिमा बसेको बैठकले गृहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति बनाएको हो।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, श्रम, रोजगार मन्त्रालय, नेपाल प्रहरी, अध्ययगमन विभाग तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको प्रतिनिधित्व रहेको छ।

समितिलाई भिजिट भिसा उपलब्ध गराउने मापदण्ड, अन्तर्राष्ट्रिय विमास्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधान लगायत सुझावसहित १५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024