अष्ट्रेलियामा नेपाली विद्यार्थीद्वारा आत्महत्या

16 June, 2011

ऋषि आचार्य

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन्। सिड्नीको दक्षिणमा पर्ने कोग्रमा बस्दै आएका पोखरा अन्नपुर्ण टोलका नरेश गुरुङले झुण्डिएर आत्महत्या गरेका हुन्। शवलाई पोष्टमार्टमका लागि ग्लिब्समा राखिएको छ।

सँगै काम गर्दै आएका दिपक भुजेलका अनुसार जुन १५का दिन विहान काम गर्ने स्थान अलेक्जेन्ड्रियामा रहेको वायर हाउसको सिलिङमा पासो लगाएको आवस्थामा गुरुङको शव फेला परेको थियो। शवसँगै प्रहरीले नेपाली र अंग्रेजी भाषामा लेखिएको सुसाईड नोट समेत फेलापारेको भुजेल वताउँछन्।  दुई वर्ष अघि अष्ट्रेलिया आएका गुरुङ एक वर्ष अघि मेलवर्नबाट सिड्नीमा सरेका थिए। मृतक गुरुङका नेपालमा रहेका आफन्तसँग सम्पर्क भैसकेको र प्रहरीको अनुसन्धानपछि शव नेपाल लैजाने स्थानीय लिल गुरुङले नागरिकन्युजलाई जानकारी दिएका छन्। यसैबीच सिड्नी स्थित नेपाली वाणिज्यदुत दिपक खड्काले नेपली विद्यार्थीले अत्महत्या गरेको पुष्टी गर्दै प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। गुरुङ परिवारमा एक्लो छोरा भएको बताइएको छ। करिब तिन महिनाअघि पनि सिड्नीमा नेपाली विद्यार्थी लिना चौलागाईले झुण्डिएर आत्महत्या गरेकी थिइन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024