नेपालीलाई सेवासुविधा नदिने विदेशी कम्पनीलाई कालो सूचीमा राखिने

30 November, 2021

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन्।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताएका हुन्।

मन्त्री श्रेष्ठले उनीहरुसँग वैदेशिक रोजगारी र पुन:एकीकरणबारे छलफल गरेका हुन्। विदेशबाट फर्किएकाहरुले महामारीको समयमा रोजगारी गुमाएको र बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए। 

उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनु पर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए। साथै उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए।

गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून तलवमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो गरेका थिए। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो। 

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुर्नमिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024