कोटा बढाउन आग्रह

18 May, 2011

कोरिया जान खोज्नेको संख्या अत्यधिक भएको अवस्थामा नेपालले कोरिया सरकारलाई आगामी वर्ष लैजाने कामदारको कोटा बढाउन आग्रह गरेको छ । नेपाल भ्रमणमा आएको कोरियाको श्रम मन्त्रायलको एक प्रतिनिधि मण्डलसँग छलफल गर्दै सरकारले यस्तो आग्रह गरेको हो । ‘कोरियाली प्रतिनिधिसँग आगामी वर्ष सकेसम्म धेरै कामदार लैजान आग्रह गरेका छौं,’ इपिएस नेपाल प्रमुख महेश आचार्यले भने, ‘भाषा परीक्षामा फारम भर्नेको संख्या उच्च भएको र जाने चासो देखाउने समेत धेरै भएकाले कोटा बढाउन आग्रह गरेका हौं ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024