दुर्घटनामा परी कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । क्रेन दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका काभ्रे देउरालीका श्रवणराज पन्तको मंगलबार मृत्यु भएको छ ।
‘अन्दाजी ३० वर्षे पन्तको आन्सानस्थित हान्दो अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो,’ उनीसँगै काम गरिरहेका रमेश भट्टराईले इमेलबाट जानकारी दिए, ‘कामका लागि २१ महिनाअघि इपीएसमार्फत कोरिया आइपुगेका उनी आलमुनियम कम्पनीमा काम गरिरहेका थिए ।’ कोरियाली अपरेटरले एकैपटक दुई वटा क्रेन चलाएपछि दुई वटा ठोक्किँदा क्रेनको डाई खसेर पन्तलाई लागेको थियो । भट्टराईले आफू पनि सँगै काम गरिरहेको जानकारी दिए । यो घटनाबारे दूतावासका अधिकारीलाई जनकारी गराएको र प्रहरीले घटनाबारे छानबिन गरिरहेको उनले बताए ।