प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गाउँमै काम पाएपछि महिला हर्षित

6 April, 2021

शेरबहादुर सार्की

बाजुरा, फागुन २३ गते । बाजुराका अधिकाशं महिला अहिले गाउँकै विकास निर्माणका काममा मजदुरी गर्न पाउँदा हर्षित भएका छन् । सधै घाँस दाउराका लागि मेलापात धाउँदै गरेका बाजुराका अधिकांश महिला स्थानीय सरकारले गाउँमै गौरवका योजनाहरु को काम सुरुवात गरेसँगै ती महिलाले अहिले गाउँकै विकास निमार्णको काममा व्यस्त हुन थालेका छन् ।

पहिला गाउँमै महिलाले गर्ने केही काम नपाएपछि छोरा छोरीको पढाइ र घर खर्च धान्न निकै सास्ती खेप्दै आएका महिलाहले अहिले गाउँकै विकास निमार्णको कामबाट केही आम्दानी गर्न थालेपछि उनीहरु निकै हर्षित भएका हुन् ।

गाउँमा गौरवका योजना सँगै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बाटो, धारा सडक जस्ता विकास निमार्णका काममा काम गर्न थालेपछि गाउँका महिलाको घर खर्च गर्न निकै सहज भएको त्रिवेणी नगरपालिका ३ दुरा नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, यस अघि गाउँमा महिलाका लागि केही काम मिल्दैनथ्याे। अहिले गाउँमा प्रधानमन्त्री स्वारोजगार कार्यक्रम आएपछि महिलालाई घर खर्च र छोरा छोरीको पढाइमा निकै सहज भएको छ ।

यस कार्यक्रमले याहाँका गरीब दलित अपाङ्ग असाहय महिलाका लागि पेट पाल्न धेरै सहज भएको त्रिवेणी नगरपालिका ३ बसाेबास गर्ने स्थानीय महिला पार्वती साउदले बताउनुभयो ।

बाजुराका अधिकाशं युवा कामको खोजीकै लागि बर्सेनि भारतमा जान्छन् । भारतमा गएर श्रीमान चौकीदारी र श्रीमती कोठीमा काम गर्छन् । त्यो कामबाट मिलेको पैसा घरमा पढाउछन् र त्यो पैसाबाट छोरा छोरीले पढाइ खर्च चलाउने गर्दथ्ये अहिले स्थानीय प्रदेश तथा स्थानीय सरकारले गाउँमै गौरवका योजना पार्न थालेपछि उनीहरुलाई आर्थिक कारोवारमा केही सहज भएको हो ।

त्रिवेणी नगरपालिका –३ का वडा अध्यक्ष मीनबहादुर भण्डारीले भन्नुभयो, यस अघि याहाँका अधिकाशं महिला गाउँमा केही काम नपाएर भारत पलायन हुने गर्थे । अहिले स्थानीय सरकारले गाउँमा विभिन्न कार्यक्रम लागु गदै आएपछि उनीहरुले गाउँकै विकासको काम गर्न थालेका हुन् ।

उहाँले भन्नुभयो, वडा नं ३ मा सञ्चालन हुँदै आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्नका लागि वडाले फारम भर्दा महिला पुरुष सबैलाई बराबर गरी पठाएको हो ,तर माथिबाट पुरुषभन्दा महिलाको नाम बढी निस्किएकोले याहाँका धेरै महिलाले काम गर्न पाएका छन् ।

धेरै वषपछि यसरी गाउँकै काम गर्न पाएपछि महिलाहरुमा निकै खुसी छाएको छ ।वडा अध्यक्ष भण्डारीले भन्नुभयो, याहाँका महिलाले झण्डै एक सय दिनमा काम पाएका छन् । पहिला एक दिनमा काम गरेवापत सात सय रुपियाँ महिलाले पाउँथे । अहिले रकम घटेर आएपछि पाँच सय रुपियाँ पाउने गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026