नेपाली कामदारलाई सहयोग गर्न मलेसियाका तीन सहरमा एनआरएनएको स्वयम् सेवक

15 October, 2020

गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले समस्यामा परेका नेपाली कामदारलाई सहयोग गर्न तीन मुख्य सहरमा स्वयम सेवक परिचालन गरेको छ।

एनआरएन मलेसियाले क्वालालाम्पुरका लागि गोविन्द घर्तिमगर, प्रकाश पौडेल, ,पेनाङका लागि सुरेशकुमार देवकोटा र जोहोरका लागि बेदना श्रेष्ठलाइ परिचालन गरेको हो ।

उनीहरुले समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने अध्यक्ष हरि भट्टराइले बताए। कोभिड १९ का कारण रोजगार गुमाएका, अलपत्र परेकाहरुलाई प्राथमिकता दिइएको उनले बताए। त्यस्तै शारीरिक रुपमा अशक्त नेपाली एक महिला श्रमिकलाई स्वदेश फर्किनको लागि एनआरएन मलेसियाले सहयोग गरेको छ ।

सोलुखुम्बु पासाङ लाम्हु ९ आङ् निङमा शेर्पालाई स्वदेश फर्कन हवाई टिकट उपलब्ध गराएर एनआरएन मलेसियाले सहयोग गरेको हो।

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेकी शेर्पाको कम्पनीबाट ड्युटी सकिएर होस्टेल फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर खुट्टा भाच्चिएको थियो।

पछिल्लो समयमा एनआरएनए मलेसियाले सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

केही दिन अगाडि मात्रै मलेसियामा उपचारको क्रममा मृत्यु भएको झापा जिल्ला निवासी दिपक लिम्बुको परिवारलाई राहत स्वरुप नेपाली १४ हजार २५ रुपैयाँ प्रदान गरि सहयोग गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024