साउदीमा ६ सय ७४ नेपालीलाई कोरोनाको सङ्क्रमण

13 May, 2020

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण देखिएको छ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ।

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९ सय २५ पुगेको छ।

सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७  निको भएका छन्। हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024