विदेशमा रहेका नेपाली श्रमिको उचित व्यवस्थापन गर्न पूर्वमन्त्री विष्टको माग

8 May, 2020

सत्तारुढ दल नेकपाका सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टले विदेशमा रहेका नेपाली श्रमिकको उचित बन्दोवस्त गर्न सरकारसँग माग गरेका छन्।

कोरोना भाइरसका कारण संकटमा परेका नेपालीहरुलाई नेपाल आउने व्यवस्था नभएसम्मका लागि सम्बन्धित देशसँग पहल गरेर उचित बन्दोबवस्त गर्न उनले माग गरेका छन्।

‘खास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन्। कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरूसमेत देखा परेका छन् । विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको छ’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्’यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बनोस्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024