विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

7 April, 2020

काठमाडौं- सर्वोच्च अदालतले विदेशमा विपतमा परेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। 

विपतमा परेर फर्कन चाहनेहरुको लगत राखेर क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ। भिसा वा राहदानीको म्याद सकिएर समस्या भएमा सम्बन्धित देशसँग समन्वय गरेर समस्या समाधान गर्न समेत सर्वोच्चले भनेको छ। 

अदालतले नेपाल भारत सीमा रहेका नागरिकलाई फर्काउन सम्भव नभए खानपिन र स्वास्थ्य उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न भनेको छ। 

अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठ लगायतको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले यस्तो आदेश दिएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024