खाडी र अफ्रिकाका राजदूतसँग परराष्ट्र र श्रम मन्त्रीको भिडिओ कन्फरेन्स

23 March, 2020

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम मन्त्री रामेश्वर राय यादवले खाडी र अफ्रिकी मुलुकमा रहेका नेपाली राजदूतहरूसँग भिडिओ कन्फरेन्स गरेका छन्।

सोमबार दिउँसो मन्त्रीद्वयले सम्बन्धित देशमा रहेका नेपालीहरूको अवस्थाबारे नेपाली राजदूत र नियोग प्रमुखसँग छलफल गरेका हुन्।

बहराइनमा ३ र युएईमा २ जना नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।

कन्फरेन्सका क्रममा राजदूतावासहरूलाई सम्बन्धित सरकार, रोजगारदाताहरू र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सबै सहयोग पुर्‍याउन र स्थितिको आंकलन गर्न निर्देशन दिइएको मन्त्री ज्ञवालीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024