सेशेल्समा रहेका २ सय नेपाली घर फिर्न चाहन्छन्

22 March, 2020

काठमाडौँ — होटल तथा पर्यटन केन्द्रीत पूर्वी अफ्रिकी टापु सेशेल्समा रहेका होटल–रेष्टुरा कोरोना सन्त्रासका कारण बन्द भएपछि त्यहाँ रहेका झण्डै २ सय नेपाली कामदारले जागिर गुमाएका छन् ।

सेशेल्सस्थित गैर आवासीय नेपाली संघका एक प्रतिनिधिका अनुसार पर्यटकमैत्री टापुमा १५ सय नेपाली कामदार रहेकोमा अधिकांस सरकारी तहको सुरक्षित रोजगारीमा रहेका छन्। ‘तर, कोरोना सन्त्रासका कारण पर्यटकीय चहलपहल बन्द भएपछि स्थानीय होटल–रेष्टुरामा कार्यरत झण्डै २ सयजतिको रोजगारी गुमेको छ,’ ती प्रतिनिधिले, ‘उनीहरु नेपाल फर्कन चाहन्छन्, तर उपाय देखिएको छैन।’

जागिर गुमाउनेमध्ये भारतीय, श्रीलंकन, बंगालादेशीहरु घर फर्किएपनि नेपालीका लागि घर फिर्ने माध्यम नमिलेकोती प्रतिनिधिले जानकारी दिए।

सेशेल्समा इटालियन, होल्याण्ड र स्थानीयसहित ८ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको बताउँदै यही सन्त्रासका कारण रोजगारी गुमेका नेपाली घर फर्कने मनस्थितीमा छन्। उनका अनुसार सेशेल्समा २ सयभन्दा बढी नेपाली प्रहरी, कारागार सुरक्षाकर्मीका रुपमा कार्यरत छन्।

सेशेल्समा रहेका सबै नेपाली कानूनी हैसियतमा रहेको र कोरोना सन्त्रासको स्थिती साम्य भएपछि फेरि सेसेल्स फर्केर रोजगारीमा जोडिन चाहेको उनले जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024