युएईद्वारा श्रम स्वीकृति बन्द

20 March, 2020

अबुधावी – संयुक्त अरब इमिरेट्स (युएई)ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ। कोरोना भाइरसले संक्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरूले जनाएका छन्।

युएईको श्रम मन्त्रालयले राष्ट्रिय आपत, संकट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो। वल्र्डओमिटरडटइन्फोका अनुसार त्यहाँ बिहीबारसम्म १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये ३१ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। पछिल्लो २४ घन्टामा त्यहाँ २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024