कतारका लागि श्रम स्वीकृति स्थगित

11 March, 2020

कतारले नेपालसहित १४ राष्ट्रबाट श्रम स्वीकृति लिन बन्द गरेको छ। विश्वव्यापी रुपमा कोरोनाभाइरसको प्रभाव बढेसँगै कतारले हाललाई नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

श्रम कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले अर्को सूचना जारी नहुँदासम्म कतारका लागि श्रम स्वीकृति स्थगित गरिएको जानकारी दिए।व्यक्तिगत तथा संस्थागत दुवै श्रम स्वीकृति स्थगित गरिएको उनले बताए। यता नेपाल एयरलाइन्सले पनि कतारका लागि सबै उडान स्थगित गरेकाे छ।

कोरोनाभाइरसका कारण कतारले विद्यालय तथा विश्वविद्यालयहरु समेत बन्द गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026