सरकारले काेरोना प्रभावित देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने

29 February, 2020

सुदीप कैनी

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा नदिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ अतिप्रभावित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कान्तिपुरलाई बताए ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, हङकङलगायतका अतिप्रभावित मुलुकमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाएको हो।

कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतिबन्ध फुकुवा र थप देशमा रोक लगाउने निर्णय गरिने मन्त्री पोखरेलले जानकारी दिए। रोक लगाउने र फुकुवा गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले गर्ने पनि मन्त्री पोखरेलले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024