अनलाइनबाटै एनओसी

17 October, 2019

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिन लागेको हो ।आगामी मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिइने मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाम लाग्नुपर्ने बाध्यता छ । आवेदन दिने सबैले एनओसी पाउँदैनन् । सापकोटाले भने, ‘विद्यार्थीले अनलाइनबाटै अनुमतिपत्र पाउँछन् ।’ अनलाइनमार्फत पाएको अनुमति प्रिन्ट गरेर विद्यार्थीले आफ्नो प्रयोजनका लागि सम्बन्धित निकायमा बुझाउन सक्नेछन् ।

दस्तुरसमेत बैंकबाटै बुझाउने व्यवस्था गरिने भएको छ । शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाउनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयमा समेत सफ्टवेयर लिंक गरेर शैक्षिक प्रमाणपत्रको जाँचलगायत परीक्षण गरिने शाखाले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024