श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयमा स्थापित गरिएको कल सेन्टरको सोमबार मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका छन् । कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउने सकिनेछ ।
मन्त्रालयकाअनुसार बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न सकिनेछ ।योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिनेछ । कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ ।विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ । यस्तै शुल्क लागे +९७७१५९७००८ मा पनि फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।