गेष्ट हाउसमा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा नवलपरासी प्रहरीले सञ्चालकलाई मान बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ।
बर्दघाट नगरपालिका–१० स्थित माउन्टेन गेष्ट हाउस सञ्चालक किशन सापकोटालाई प्रहरीले आइतबार मानव बेचबिखन मुद्दा दर्ता गरेको हो।गेष्ट हाउस अनुगमनका क्रममा शुक्रबार पक्राउ परेका उनलाई मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी वीरेन्द्र थापाले बताए।
प्रहरीले शुक्रबार होटलमा छापा मार्ने क्रममा दुई युवतीलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो।
बयानमा युवतीले खाना पकाउने, सरसफाइ गर्ने काममा खटाउने भनी यौनजन्य कार्यमा संलग्न हुन दबाब दिएपछि सञ्चालकलाई मानव बेचबिखन मुद्दा चलाइएको प्रहरीले बताएको छ।