ओमनमा नेपाली दूतावासद्वारा मोवाइल एपबाट सेवा दिन शुरु

7 October, 2018

ओमनस्थित नेपाली दूतावासले कन्सुलर सम्बन्धी सेवा अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमन’ नामको मोवाइल एप शुरुवात गरेको छ ।

ओमनमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ ।

एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमनका सरकारी निकाय, श्रम कानुन वारे आधारभुत जानकारी राखिएको राजदूत सर्मिला पराजुली ढकालले वताइन् । ‘यसले दूतावास र ओमनमा कार्यरत नेपालीवीच छिटो र सरल रुपमा सञ्चार हुनेछ,’ एप्स्को उद्घाटन गर्दै भनिन्, एप्स्को उद्घाटन गर्दै भनिन्, ‘यसको सफल प्रयोगले भविश्यमा दूतावासलाई कागजविहिन वनाइने लक्ष्य राखेको छ ।’

यसले ओमनीलाई नेपालको भ्रमण गर्नको लागि प्रोत्साहन गर्ने दूतावासको अपेक्षा छ । एपमा नेपालको प्रमुख पर्यटक गन्तब्यवारे सुचनाहरु राखिएको छ ।

कार्यक्रममा गैरआवसीय नेपाली संघका सचिव डिवी क्षेत्रीले प्रबिधि प्रयोग गरेर नेपालीलाई सहज सेवा दिने दूतावासको प्रयास प्रशंसनीय रहेको वताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024