देश परदेश (अडियाे)

31 Jul, 2018

कार्यक्रम देश परदेशको अंक ३१८ कोमामा पुगेर विदेशका अस्पतालहरुमा उपचार गराइरहेका नेपाली कामदारमाथि केन्द्रित छ । कोमामा पुगेका नेपाली कामदार र उनीहरुले पाइरहेको उपचारबारे तयार पारिएको रिपोर्ट कार्यक्रममा सुन्न सकिन्छ । अनि, विदेशमा नेपाली कामदारको स्वास्थ्य सुरक्षा तथा सरकारका नीतिबारे सेन्टर फर दि स्टडी अफ लेवर एण्ड मोविलिटी (सेस्लम)का सहायक निर्देशक एवं अनुसन्धानकर्ता डा. जीवन बानियाँसित गरिएको कुराकानी कार्यक्रममा सुन्नु हुनेछ । दिदीबहिनीका कुरामा कुवेतमा अनेक हण्डर खेपेर फर्केकी खोटाङकी तुलमाया राईका अनुभव समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अप र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।  

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024