क्यानडा पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

6 Jan, 2025

वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवन बस्ने ४६ वर्षीय कृष्ण बहादुर ढकाल रहेका छन्। उनले दुई जना युवतीलाई क्यानडा पठाइदिने भनेर ४ लाख रुपैयाँ लिएर फरार भएका थिए। 

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। पीडितको उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई रानीवनबाट पक्राउ गरेका हो। 

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024