६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जना पक्राउ

2 Feb, 2024

काठमाडौं : प्रहरीले युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

तामाङले काठमाडौँको बालाजु चोकस्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगाएतका देशहरुमा पठाईदिन्छु भनि ६ सय भन्दा धेरै सर्वसाधारण व्यक्तिहरुबाट करौडौं रकम ठगी गरेको डीएसपी अनिल घिमिरेले जानकारी दिए।

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भइ ३ करोड २५ लाख २२ हजार रुपैयाँ बिगो देखिएको र अन्य मुद्दा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024