३३ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

30 Jan, 2024

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका निज शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली युनिसा आलेमगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट १६ लाख ५२ हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनलाई आइतबार बिहान १० बजेतिर कञ्चनपुरको भिमदत्त नगरपालिका–४ गड्डाचौकीबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको खुल्न आएको छ।’ उनले भने।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024