३२० गोर्खा सैनिक कटौती

13 Jun, 2012

बेलायत सरकारले रक्षा पुनर्संरचनाअन्तर्गत ३ सय २० गोर्खा सैनिक कटौती गरेको छ ।काठमाडौंस्थित बेलायती दूतावासले मंगलबार जनाएअनुसार कटौतीमा पर्नेलाई एक वर्षअघि जानकारी गराइन्छ । उनीहरूलाई गैरसैनिक क्षेत्रमा पुनःस्थापना र रोजगारीमा सहयोग गरिनेछ । सन् २००७ मा गोर्खा बि्रगेडको सेवा अवधि १५ वर्षबाट २२ पुर्याोएपछि संख्या बढेको विज्ञप्तिमा उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024