१७ महिनादेखि भित्रिँदैछ मासिक एक खर्ब बढी रेमिटेन्स

13 May, 2024

१७ महिनादेखि निरन्तर रूपमा एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिना (साउनदेखि चैतसम्म) को तथ्यांक अनुसार चैतमा मासिक एक खर्ब २१ अर्ब ४० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

यो ९ महिनाको अवधिमा कुल १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। गत वर्षको यही अवधिमा नौ खर्ब तीन अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स भित्रिने दरमा १९.८ प्रतिशतले वृद्धि भएको हो।

रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। यो अवधिमा बैंकहरूमा संकलन भएको निक्षेप ४ खर्ब ९ अर्ब रूपैयाँले निक्षेप बढेको हो। निक्षेप ७.२ प्रतिशतले बढेको हो।

यो नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ११ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको यो अवधिमा भने ५ लाख ४२ हजारले यस्तो स्वीकृति लिएका छन्।

गत वर्षको नौ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६ लाख पाँच हजार थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024