१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार

3 Mar, 2023

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्। विशेषगरि आर्थिक रूपमा विपन्न १८ वर्षदेखि ६० वर्ष उमेर समूहका वेरोजगार, युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ व्याजदरमा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको हो।

कोषले विनाधितो स्वरोगार कर्जा लगानी, सहुलियत व्याजदरमा कर्जा लगानी, व्यवसायी तथा व्यवसायीको परियोजनाको निःशुल्क बीमा तथा असल कर्जाग्राहीको ब्याजमा ६० प्रतिशत अनुदान लगायतका सेवाहरू दिँदै आएको छ।

हालसम्म लक्षित वर्गलाई १२ अर्व ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ लगानी गरिसकेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए। कोषले स्थापनाको १४ वर्षको अवधीमा ४२ हजार बढी युवा तथा साना व्यवासायीलाई अभिमुखिकरण तालिम, करिव साढे ८ हजार जनालाई सिपमुलक तालिम, विभिन्न संस्थाका ६ हजार जनालाई अनुशिक्षण तालिम दिएको छ।

कोषले आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरू तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग एवं सेवामुलक स्वरोजगार कार्यक्रम लगायतका क्षेत्रमा काम गरिरहेको पनि जनाएको छ। २०६५ फागुन १९ गतेबाट कोषको औपचारिक सुरुवात भएको हो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024