होमनेट दक्षिण एशियाले काठमाडौंमा कार्यक्रम गर्दै, डेढ सय बढी गृह श्रमिक उपस्थित हुने

19 Oct, 2022

होमनेट दक्षिण एशिया (एचएनएसए) ले २२ वर्षमा पहिलो पटक काठमाडौंमा औपचारिक भेटघाट कार्यक्रम आयोजना गर्दैछ।

होमनेटले शिखर सम्मेलनको सम्झना र दक्षिण एशियाभर गृह श्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो।होमनेट दक्षिण एशियाले तीन दिने (कात्तिक १ देखि ३ गतेसम्म) कार्यक्रम सञ्चालन गर्दैछ।

कार्यक्रममा कार्यकर्ता, सदस्य संघसंस्था, युनियन, भातृ संगठन, सामुहिक र उद्यमका प्रतिनिधिहरू, एचएनएसएका बोर्ड सदस्यहरू लगायतका उपस्थित हुनेछन्।

कार्यक्रमको मुलनारा ‘हामी एक आन्दोलन हौं, हामी एक भगिनी हौं, हामी भविष्य हौं’ रहेको छ।कार्यक्रममा गृह श्रमिकहरूको अनुभव र कथाहरू आदानप्रदान हुनेछ।

कार्यक्रम ‘ए–जेड फोटो प्रदर्शनी’ हुनेछ, जसमार्फत गृहश्रमिक महिला कामदारहरूले गरेका कार्यहरू प्रस्तुत हुनेछन्। होमनेट दक्षिण एशिया (एचएनएसए) ले आफ्नो २२औं वार्षिकोत्सवमा उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा नेपालसहित दक्षिण एशियाली मुलुक अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका डेढसयभन्दा बढी गृह श्रमिकहरू उपस्थित हुने छन्।

एचएनएसएले एशियाभरी गृह श्रमिक संगठनहरूको नेटवर्क हो।यस क्षेत्रका जोखिममा रहेका गृह श्रमिकहरूको लागि अग्रणी आवाज एचएनएसएले १२ लाखभन्दा बढी कामदारहरूको प्रतिनिधित्व गर्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024