हाइटीमा बन्धक युवा पाँच महिनापछि रिहा

17 Jun, 2012

विमल खतिवडा

हाइटीमा बन्धक बनाइएका यहाँका दुई युवा पाँच महिनापछि रिहा भएका छन् । अमेरिका हिँडेका युवा पाँच महिनादेखि दक्षिण अमेरिकी राष्ट्र हाइटीमा बन्धक थिए । 

हाइटी पुगेका पर्वतको पाङ गाविस ५ का चिरञ्जीवी सुवेदी र बागलुङ नारायणस्थान ४ का  हरिबहादुर विकलाई पाँच महिनादेखि हाइटीकी एक महिलाले बन्धक बनाएर राखेकी थिइन् । हाइटीको पोर्टअफपि्रन्स विमानस्थलमा उत्रेपछि माघ पहिलो साता अमेरिका पुर्याकइदिने आश्वासन दिँदै हाइटीयन मुलकी मेरी लुइस सेरीफल नाम गरेकी युवतीले बन्धक बनाएर राखेकी हुन् । पाँच महिनापछि बिहीवार आफैं रिहा हुन सफल भएको आफन्तले बताए । ‘रिहा भएको कुरा बिहीबार बेलुका इन्टरनेटमार्फत थाहा पाएको थिएँ,’ हरिबहादुरकी श्रीमती मीना विकले भनिन, ‘शुक्रबार उहांँ आफैंले फोन गरेर आफूहरू सुरक्षित रहेकाले चिन्ता नलिन भन्नुभयो ।’ उनले नेपाल आउनेकि अमेरिकातर्फ जाने भन्नेबारे थाहा नभएको बताइन् ।

 

रिहा भएका उनीहरू कसको साथमा छन् भन्ने कुरा परिवारलाई थाहा छैन । बन्धक बनाउने युवतीले २३ हजार अमेरिकी डलर माग गर्दै आएकी र अहिलेसम्म १२ हजार अमेरिकी डलर बुझाएको आफन्तले बताए । ‘छोरालाई बन्धक बनेको लामो समय बितिसकेको थियो,’ चिरञ्जीवीका बुवा दुर्गादत्त सुवेदीले भने, ‘बिहीबार राति एक नेपालीले हाइटीबाट फोन गरेर छोरो रिहा भएको खबर दिएपछि मात्र रिहा भएको बारे थाहा पायौं ।’

 

उनले छोरासंँग भने थप गफ नभएको जानकारी दिए । बन्धक बनाउने महिलाले थप १२ हजार अमेरिकी डलर नदिए ज्यान लिने धम्की दिंदै आएकी थिइन् । सुवेदी र विक अमेरिका छिर्ने प्रयासमा थिए । बन्धक बनाउने महिलाले हाइटीमा राष्ट्रपतिको चुनावपछि अमेरिका पुर्याकइदिने भन्दै थुनेर राखेको र अहिले पैसा बढी मागी बार्गेनिङ गर्दै आएकी थिइन् ।

 

चिरञ्जीवीले अमेरिका जानुपूर्व कुश्माबजारको प्रगतिचोकमा पङ्गाली मेसिनरी पसल सञ्चालन गर्दै आएका र विकको परिवार पोखरा उपमहानगरपालिको नयाँ गाउँमा बस्दै आएको छ । बन्धक बनाइएकाहरू रिहा भएको खबरले परिवारमा खुसी छाए पनि थप कुराकानी हुन नसक्दा पीरमा छन् ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024