स्लोवानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

5 Jan, 2024

वैदेशिक रोजगारीका लागि स्लोवानिया पठाइदिने भनेर २ लाख ८० हजार रूपैयाँ ठगी गर्ने २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखि गाउँपालिका-२ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका- १३ बस्ने २५ वर्षीय अजयराज शाही र गोरखाको चुमनुव्री गाउँपालिका-४ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ बस्ने ३५ वर्षीया छिमी सुनिन छन्।

उनीहरूलाई बुधबार चन्द्रागिरी नगरपालिका-१३ नैकापबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024