सोलुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमै मृत्यु

14 Dec, 2022

सुबास दर्नाल

सोलुखुम्बु : सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका- ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मंगलबार मृत्यु भएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदय घातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनी केहि दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ । मगर करिब ५ वर्ष अघि कोरिया पुगेका थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024