सेसेल्समा अड्कियो नेपाली शव

8 Apr, 2020

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वी अफ्रिकी टापु सेसेल्सस्थित एक सुरक्षा कम्पनीमा कार्यरत एक नेपालीको हृदयाघातका कारण दुई साताअघि निधन भए पनि सम्बद्ध नेपाली कूटनीतिक नियोगले ‘नो अब्जेक्सन लेटर’ नपठाइदिँदा शव सेसेल्समै अड्किएको छ । 

सुनसरी, चतराका ज्ञानेन्द्र श्रेष्ठको हृदयाघातका कारण गत चैत ९ मा निधन भएको थियो। सेसेल्सको कुटनीतिक मामला दक्षिण अफ्रिकास्थित दुतावासले हेर्दै आएको छ। दक्षिण अफ्रिकामा एक बर्षदेखि राजदूत पद रिक्त रहीआएको छ। 

रोजगारीका क्रममा ५ बर्षअघि सेसेल्स पुगेका श्रेष्ठ स्थानीय सनसाइन प्रोपर्टिजमा सुरक्षाकर्मी रुपमा कार्यरत थिए। नियमित कामबाट फर्किएर ट्वाइलेट गएका उनी ट्वाइलेटभित्रै बेहोस भएको अवस्थामा भेटिएका थिए। 

तत्काल अस्पताल पुर्याउदा उनको हृदयाघातबाट निधन भैसकेको जानकारी दिइएको थियो। कोरोना सन्त्रासका कारण बिहिबारबाट सेसेल्समा लकडाउन सुरु भएकाले मृतकको शव घर फिर्ता पठाउनमा अझै कठीनाइ आइपरेको अफ्रिकी मुलका गैर आवासीय नेपालीका अभियन्ता हिक्मत थापाले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024