सामाजिक सुरक्षा योजनाको सुरुवात हुुने

27 Nov, 2018

नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजनाको सुरुवात हुने भएको छ। मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट योजनाको सुरुवात गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। योजनाको शुभारम्भ कार्यक्रम  विहान ११ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ। योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दिगो व्यवसायिक वातावरणमा श्रम सम्वन्धको निर्माण गर्ने  मन्त्रालयको भनाइ छ। सामाजिक सुरक्षा योजनामा औषधिउपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा समेटिएको मन्त्रालयबाट जारी बिज्ञप्तीमा उल्लेख छ। योजना शुभारम्भ सँगै सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा मनाउन सरकारी र गैरसरकारी संघसंस्थालाई मन्त्रालयको अनुरोध छ।नेपालको संविधानको धारा ३४को उपधारा २ मा उचित पारीश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024