सात हजार परिवारलाई खाद्यान्न सहयोग

22 Apr, 2020

मधुसुधन तिमल्सिना

काभ्रे, बैशाख १० गते — बन्दाबन्दीका कारण ज्याला मजदुरीबाट जीवन यापन गर्ने काभ्रेपलाञ्चोक जिल्लामा करिब सात हजार परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ । जिल्लाका स्थानीय तहहरुले न्यून आय भएका र ज्याला मजदुरीमा मात्र बाच्दै आएका परिवारको पहिचान गरी खाद्यन्न लगायत सामाग्री वितरण गरिरहेका छन ।

अहिले सम्म छ हजार ७१५ परिवारले खाद्यन्न लगायतका सामग्री लिएका छन । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेले चार हजार २०९ परिवारलाई राहत प्याकेज उपलब्ध गराएको जानकारी दिनुभयो । पनौती नगरपालिका नगरप्रमुख भीम न्यौपानेले एक हजार ३०५ परिवारलाई खाद्यन्न लगायत अतिआवश्यक सामग्री उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पनौती नगरपालिकाले खाद्य बैङक (फूड बैङक) मार्फत राहत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । पनौती नगरपालिकाले न्यून आय परिवारलाई हप्ता हप्तामा १५ केजी चामल, दाल, गेडागुडी, चिनी, नुन, तेल लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ ।

नमोबुद्ध नगरपालिकाले एक हजार १८५ परिवारलाई राहत उपलब्ध गराएको नगरप्रमुख टिपी शर्माले जानकारी दिनुभयो । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाले १४ जना श्रमिक र अतिविपन्न दुई परिवारलाई राहत उपलब्ध गराएको जनाकारी दिनुभयो ।

काभ्रे हुँदै तीन हजार ४१२ गन्तव्यमाबन्दाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्ला हुँदै तीन हजार ४१२ जना मजदुर बाहिरी जिल्ला प्रवेश गरेका छन ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार काभ्रेपलाञ्चोक जिल्ला मै विभिन्न उद्योग तथा व्यवसायमा कार्यरत एक हजार ५९० मजदुर र अन्यत्र जिल्लाबाट आएका एक हजार ८२२ पदैलयात्री अन्य जिल्ला गएका छन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024