साउनमा २० प्रतिशत बढ्यो रेमिट्यान्स

16 Sep, 2022

काठमाडौँ — साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार यो साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024