साउनमा भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स

27 Sep, 2024

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित) विवरण अनुसार साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024