साउदीमा ९३ नेपालीलाई एक्जिट भिसा, दुई महिना भित्र साउदी छाड्नुपर्ने

15 Aug, 2022

साउदीमा रहेका ९३ जना कागजात बिहिन नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्।

रियादस्थित नेपाली दूतावासका अनुसार त्यहाँका विभिन्न कम्पनीमा कार्यरत तर आवसीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरूलाई स्वदेश पठाउन प्रकृया अगाडि बढाइएको थियो।

इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका तथा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म इकामा नबनाइएका तथा कामको सिलसिलामा कम्पनी छाडेर भागेका कागजात बिहीन (हुरुब) भएका ९३ जनाको सूची दूतावासले सार्वजनिक गरेको छ।

सूचीमा नाम भएकाहरू एक्जिट भिसा लिन दूतावासमा उपस्थित हुन आग्रह गरिएको छ।एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी छाड्नुपर्ने दूतावासले जनाएको छ। एक्जिट भिसा प्रकृया निःशुल्क हुन्छ।

नेपाल फर्कने हवाई टिकट शुल्क भने सम्बन्धित व्यक्ति स्वयमले व्यवस्था गर्नुपर्ने जानकारी दिइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024