साउदीमा ६ सय ७४ नेपाली कोरोना संक्रमित, ४ को मृत्यु

18 May, 2020

बिष्णु घिमिरे

रियाद : बैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा कार्यरत नेपालीमा कोभिड १९  भाइरसको संक्रमण ६ सय ७४ जनामा संक्रमण देखिएको छ । तीमध्ये ४ जनाको मृत्यु भएको छ ।

साउदीका विभिन्न सहरमा रहेका ११ महिला र अन्य पुरुषमा भाइरस देखा परेको हो । मृत्यु  र संक्रमित हुनेको विवरण दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । कोरोनाबाट संक्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पहिलो मुलुक बनेको छ । साथै भाइरसको संक्रमणबाट हालसम्म खाडी मुलुकमा ५४७५२ जना प्रभावित भएका छन् ।

भाइरसको संक्रमण तीब्र रूपमा बढेको देखिएपछि यहाँ कार्यरत नेपालीमा चिन्ताको विषय बनेको छ। घर जान तयारी अवस्थामा रहेकाहरु पनि रोकिएका छन् भने कोही भाइरसको संक्रमणबाट समयमा उपचार नहोला कि भन्ने चिन्तामा छन् ।

साउदी सरकारले यो अवस्थामा भाइरस नियन्त्रणको लागि कडा नियम बनाउनुको साथै कडाई पनि गरेको छ । आगामी २३ मे देखि २७ मेसम्म पूरा देशको लागि २४ घण्टे कर्फ्युको  घोषणा गरेको छ ।

साथै कोरोना संक्रमित भएका सबैलाई निशुल्क उपचार गर्ने, कम्पनीमा कार्यरत कामदारलाई जवर्जस्ती निकाल्न नपाइने र यहाँको कानुन अनुसार चल्नुपर्ने घोषणा साउदी सरकारले गरेको छ ।

यद्यपि कतिपय कम्पनीले संक्रमित भएका नेपालीलाई समयमै स्वास्थ्य परिक्षण नगरेको र रोजगारबाट नै निकालेको अवस्था छ । संक्रमणको मध्यनजर गर्दै साउदीमा आबद्ध विभिन्न संगठन र एन आर एन तथा संघ (सँस्थाहरुले यो अवस्था कुनै पनि नेपाली भोकले मर्नु नपरोस् भनेर तत्काल पीडित सहयोगार्थ कोष खडा गरी पीडित नेपालीलाई आवश्यक अनुसार सहयोग गर्दैआएका छन् । यसबीचमा विभिन्न कारणले मृत्यु भएका ३७ भन्दा बढि नेपाली कामदारको शव अलपत्र अवस्थामा छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024