साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु, एकैदिन चार शव नेपाल पठाइयो

14 Sep, 2023

साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल पठाइएको छ । दुतावास रियादका अनुसार पठाइएका शवहरु बर्दिया,पाल्पा, उदयपुर, मोरङ जिल्लाका रहेका छन्। उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए ।

दूतावासका अनुसार साउदीमा १ साउन २०८० देखि हालसम्म विभिन्न कारणले मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जसअनुसार साउदीको पूर्वी क्षेत्रमा मात्र २७ जना, रियाद क्षेत्रमा १४ जना र अलकासिम क्षेत्रमा २ जना रहेका छन् ।

रिपोट अनुसार स्वाभाविक मृत्यु २४ ,आत्महत्या ७,ट्राफिक दुर्घटना ३ जना, कार्यस्थल दुर्घटना ४ जना, डुबेर १ जना र कारण नखुलेको ४ जना रहेका छन् । यस अवधिमा मृत्यु भएका जम्मा ४३ जनामध्ये ३३ जनाको शव स्वदेश फिर्ता पठाइसकेको छ। ४ जनाको गत मंगलबार पठाइएको हो भने बाँकी ६ जनाएको प्रक्रियामा रहेको छ ।

दूतावासका अनुसार साउदीबाट मृतक नेपालीको शव स्वदेश पठाउनका लागि १ महिना लाग्ने बताइएको छ जसका लागि साउदी अरबबाट नेपाल शव फिर्ता गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले अलि बढि समय लाग्ने गरेको हो ।

नेपाली नागरिकको मृत्युको खबर प्राप्त हुनासाथ दूतावासले कम्पनीसँग आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेर सो कागजात प्राप्त हुनासाथ मृतकको परिवारलाई जानकारी गराउँछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024