साउदीमा कोरोना सङ्क्रमणबाट एक नेपालीको मृत्यु

11 May, 2020

मुकुन्द गैरे 

काठमाडौं, बैशाख २९ गते । साउदीमा कोरोना सङ्क्रमणबाट एक नेपालीको मृत्यु  भएकाे छ । 

उक्त घटनाको खबरले स्तब्ध बनाएको भन्दै कन्सुलेटले दुःख व्यक्त गरेको छ । अन्य उपचारत मध्ये १० जना निको भई अस्पतालबाट फर्किसकेको र बाँकी सबै उपचाररत रहेको जेद्दाले बताएको छ ।

यस विषम परिस्थितिमा सङ्क्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणकाे लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै स्वास्थ्य उपचार नगराई छुट्टै आईसोलेसनमा बस्न बाध्य पारेमा, कम्पनीले तोकेको क्वारेन्टाइनमा बस्दा खानाको व्यवस्था नगरेमा वा स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि थप स्वास्थ्य जाँच गराउन कम्पनीले पहल नगरेमा पनि कन्सुलेटको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024