साउदीमा अलपत्र परेका दुर्गा ७ वर्षपछि नेपाल फर्किए

19 Oct, 2023

साउदी :वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा पुगेर अलपत्र परेका दुर्गाबहादुर सुनार ७ वर्षपछि स्वदेश फिर्ता भएका छन्। सुनार वैदेशिक रोजगारीका सिलसिलामा सन् २०१६ मा साउदी पुगेका थिए।

कम्पनीले चालकको काम दिएलगतै बिना लाइसेन्स काम गर्दा सडक दुर्घटनामा अर्को गाडी ठोकिँदा सुनारलाई साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै ६५ हजार साउदी रियलको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने गरी फैसला सुनाइएको थियो।

अलपत्र परेका सुनारलाई उद्धारका लागि नेपाली वाणिज्य दूतावास जेद्दाले आर्थिक सहयोगको लागि अपिल गरेको थियो । साउदीमा रहेका एन आर एन तथा विभिन्न भातृसंगठन जिल्ला जातीय, व्यक्ति , सामाजिक संस्थाहरूले ६१ हजार ७ सय ८२ रियल सहयोग गरेका थिए।

जेद्दा वाणिज्य दुत शत्रुधन पोख्रेलका अनुसार सुनुवारको उद्दारको लागि कानुनी रुपमा र विभिन्न प्रकिया, हवाई टिकट साथै क्षतिपूर्ति स्वरुप गरी ५१ हजार १ सय ७० रियल तिरेको बताए।

सुनुवारको स्वदेश फिर्ताको क्रममा ३१ सय १२ रियल व्यक्तिगत खर्च र बाँकी ७ हजार ५ सय रियल आवश्यक अनुसार सहयोग गर्ने जानकारी दिएको छ। सुनुवारलाई जरिवाना स्वरूप अदालतले ६५ हजार रियल तोकेको थियो भने अलपत्र सुनुवार २ वर्ष महावाणिज्य दुतावास जेद्दाको सेल्टरमा बस्दै आएका थिए भने उनी कार्तिक १ गते स्वदेश फर्किएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024