सरकारले कतिवटा देशसँग श्रम सम्झौता गरेको छ ?

29 Jun, 2023

नेपालले वैदेशिक रोजगारीका लागि एक सय ७८ वटा मुलुक खुला गरेको छ । कामदारले म्यानपावर व्यवसायीका माध्यमबाट संस्थागत श्रम स्वीकृति लिएर विश्वका एक सय ११ मुलुक जान सक्छन् । तर, सरकारले हालसम्म जम्मा १० वटा मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । कतारसँग २००५ मा जनरल एग्रिमेन्ट, बहराइनसँग २००८ मा एमओयू गरेको छ ।

त्यस्तै, कोरियासँग २००७ मा एमओयू गरेको छ भने इजरायलसँग २०१५ मा जोइन्ट पाइलट प्रोजेक्ट गरेको छ । जापानसँग २००९ र २०१९ मा जिट्टको एग्रिमेन्ट गरेको छ । जोर्डनसँग २०१७ मा बिएलए गरेको छ । मौरिसियससँग २०१९ मा एमओयू गरेको छ । युएईसँग २००९ मा पहिलोपटक एमओयू र २०१९ मा दोस्रोपटक एमओयू गरेको छ । युनाइटेड किङडमसँग २०२१ एमओयू गरेको छ । साइप्रस र सिसेल्ससँग सम्झौताको तयारी गरेको छ ।

नेपाली युवाको मुख्य गन्तव्यमध्ये साउदी अरब, ओमान, लेबनान र कुवेतसँग अहिलेसम्म श्रम सम्झौता भएको छैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024