सरकारको प्रस्ताव : शव विदेशमै अन्त्येष्टि गर्न दिनुस्, ५० हजार लिनुस्

11 May, 2020

२९ वैशाख, काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्येष्टिको अनुमति मागेको छ ।

विदेशमा मृत्यु भएकाहरूको शव ल्याउन चासो नदिएको सरकारले उतै अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । 

अहिले विदेशमा करिब १११ वटा शव अलपत्र छ । कोभिड-१९ लागेर मृत्यु भएकाहरूको अन्त्येष्टि विदेशमै हुने भएपनि अन्य कारणले मृत्यु भएकाहरू परिवारले शव नेपाल आउने प्रतीक्षा गरिरहेका छन् ।

तर, वैदेशिक रोजागर बोर्डको सचिवालयले उनीहरूको शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई बारम्बार आग्रह गर्दै आएको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्येष्टिका लागि सहमतिपत्र दिन आग्रह गरेको छ । श्रममन्त्री स्तरकै निर्णयबाट बोर्डले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि निधन भएका कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय भएको बोर्डले जनाएको छ ।

अहिले नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना विदेशमा अन्त्येष्टि गर्न पाइँदैन । लकडाउन लम्बिँदै जाँदा ती शव कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024