संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजना मजदुरको मृत्यु, दुई घाइते    

5 Nov, 2024

संखुवासभाको मकालु गाउँपालिका– ५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुईजना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु– ५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा परेर अरुण तेस्रो परियोजनामा कार्यरत टिपरचालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदकाे ज्यान गएकाे छ ।

दुर्घटनामा परेर अन्य दुईजना घाइते भएका छन् । उनीहरू पनि भारतीय नागरिक नै हुन् । उनीहरूको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024